नेपाली फिल्म उद्योगमा सबैभन्दा धेरै विवादमा पर्ने मान्छे हुन्– पूजा शर्मा।
उनी हरेक फिल्म रिलिजताका केहि न केही विवादमा तानिएकै हुन्छिन्। अझ भनौं फण्डा गरिरहेकी हुन्छिन्।
केही फिल्म रिलिजको समयमा पूजा प्रेममा पर्छिन्, केही फिल्म रिलिज ताका उनको ब्रेकप हुन्छ त केही फिल्म रिलिज गर्ने समयमा पूजाको रुवाबासी देखिन्छ।
पूजा जानेर विवाद निम्त्याउँछिन् अथवा उनलाई विवादमा तानिन्छ, यसको यकिन जवाफ थाहा छैन। तर, मनोरञ्जन उद्योगमा पूजालाई फिल्म चलाउनका लागि फण्डा गर्छिन भन्ने ट्याग लागेको छ।
पूजा भने फिल्म चलाउनकै लागि आफूले कुनै फण्डा नगरेको बताउँछिन्।
उनी भन्छिन् ‘विवादले वा रोएर फिल्म चल्ने भए किन दुःख गरेर खिच्नु पर्यो? किन लण्डन र दुबई जानुपर्यो ? सामान्य तरिकाले फिल्म बनाएर कन्ट्रोभर्सी गरे भइहाल्यो।’
पूजाले रोएर फिल्म चलाइ भनेर आरोप लगाउने आफ्ना प्रतिस्पर्धी कलाकारलाई रोएर फिल्म चलाउन चुनौती दिएकी छिन्। भन्छिन् ‘रोएर फिल्म चल्छ भने तपाई पनि एकपटक रुनुहोस्।’
Shares
प्रतिक्रिया