ad ad

कला


निर्देशक रौनियारको नेतृत्वमा फिल्म कार्यशाला हुँदै

निर्देशक रौनियारको नेतृत्वमा फिल्म कार्यशाला हुँदै

नेपालखबर
असार ८, २०७६ आइतबार १२:१९,

विराटनगरमा फिल्म निर्माण–निर्देशनसम्बन्धी एक हप्ता लामो कार्यशाला हुने भएको छ।

‘काममा महिला’ शीर्षकमा नर्थ साउथ कलेक्टिभ्सले आयोजना गर्न लागेको कार्यशालाको नेतृत्व सेतो सूर्य र हाइवे फिल्मबाट प्रशंसा कमाएका निर्देशक दीपक रौनियारले गर्नेछन्।

नर्थ साउथ कलेक्टिभ्स विराटनगरमै कार्यालय रहेको संस्था हो, जसले सामाजिक विषयहरूमा अनुसन्धान, छलफल र कार्यशाला आयोजना गर्न थालेको छ।

नर्थ साउथ कलेक्टिभ्सले आइतबार विज्ञप्ती मार्फत १० देखि १६ साउनसम्म विराटनगरमा फिल्म निर्माण–निर्देशनसम्बन्धी एक हप्ता लामो कार्यशाला गर्न लागेको जनाएको हो।

फिल्म लेखन र निर्माणका विविध पक्षहरु गहिरो गरी बुझ्न चाहनेप्रति कार्यशाला लक्षित रहेको जनाइएको छ।

कार्यशालामा सहभागी हुन सार्वजनिक रुपमा निवेदन मागिएको छ। आवेदक मध्येबाट कार्यशालाका लागि १२ जना छनोट गरिनेछ। छनोट हुने सहभागीले लेखन, क्यामरा एवं दृश्य शिल्प, निर्देशन, ध्वनि र सम्पादन जस्ता फिल्मका आधारभूत विषयमा सँगै काम गर्न पाउने छन्।

कार्यशालाको क्रममा सहभागीहरुले छोटो फिल्म बनाउन लेखन, अभिनय, छायांकन, निर्देशन र सम्पादनको काम सामूहिक रुपमा गर्न प्रोत्साहन गरिने जनाइएको छ।
निर्देशक रैनियारले नेतृत्व गर्ने कार्यशालाको सञ्चालन कास्टिङ निर्देशक आशा मगराती, अध्येता भास्कर गौतम, सिनेमेटोग्राफर ज्योति केशर सिंहा, ध्यनि उत्पादन मिक्सर किशोर अचार्य र प्रोडक्सन डिजाइनर मेनुका राईले गर्नेछन् ।

इच्छुक आवेदकले फिल्मको प्रारम्भ, मध्य र अन्त्य समेटिएको अधिकतम ६ सय शब्दको कथा बुझाउनु पर्नेछ। वास्तविक जीवनका घटनामा पनि आधारित हुनसक्ने कथाको विषयवस्तुु ‘काममा महिला’ हुनु पर्नेछ। आफ्नो कथा र पछिल्लो बायोडाटा २२ असार भित्र पठाउन भनिएको छ।

आवेदन सबैका निःशुल्क भएपनि सहभागीका हकमा कार्यशाला दर्ता शुल्क ७ हजार रुपैयाँ तोकिएको छ। सहभागीहरुले कार्यशाला अवधिभर विराटनगरमा आवास र अन्य खर्चको व्यवस्था आफैंले गर्नुपर्ने आयोजकले जनाएको छ।

कार्यशालाका दुई सहभागीलाई अहिले चलिरहेका फिल्म परियोजनामा इन्टनर्सिपका लागि समेत छनोट गरिने बताइएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .