कला


एक अर्ब डलर कमाउँदै ‘माइकल’ ले रच्यो इतिहास, बन्यो धेरै कमाउने बायोपिक फिल्म

एक अर्ब डलर कमाउँदै ‘माइकल’ ले रच्यो इतिहास, बन्यो धेरै कमाउने बायोपिक फिल्म

नेपालखबर
असार २९, २०८३ सोमबार १२:५७, काठमाडौँ

पप गायक माइकल ज्याकसनको जीवनमा आधारित फिल्म ‘माइकल’ ले बक्स अफिसमा नयाँ रेकर्ड बनाएको छ। विश्वभर एक अर्ब अमेरिकी डलरभन्दा बढी कमाउँदै यो फिल्म अहिलेसम्मकै धेरै कमाइ गर्ने बायोपिक फिल्म बनेको हो।  

यस फिल्मले ‘बोहेमियन र्‍याप्सोडी’ र ‘ओपेनहाइमर’ को रेकर्ड तोडेको छ। सन् २०१८ रिलिज भएको क्वीन फ्रन्टम्यान फ्रेडी मर्करीको बायोपिक ‘बोहेमियन र्‍याप्सोडी’ ले ९११ मिलियन डलर कमाएको थियो।

त्यसपछि सन् २०२३ मा क्रिस्टोफर नोलनको जीवनीमा आधारित फिल्म  ‘ओपेनहाइमर’ ९७७ मिलियन डलर कमाउँदै रेकर्ड राखेको थियो। यस फिल्मले अस्कर अवार्ड समेत जितेको थियो।

यति मात्रै होइन, यो फिल्म प्रदर्शनको पहिलो सप्ताहान्तमै विश्वभर २१७ मिलियन डलर कमाउँदै संगीतप्रधान बायोपिकमध्ये ठूलो ओपनिङ गर्ने कीर्तिमान पनि बनाएको थियो।

एन्टोइन फुक्वाले निर्देशन गरेको फिल्ममा ‘स्काइफल’ लेखक जोज लोगानको कथा रहेको छ। गायनसँगै आफ्ना डान्स स्टेपका कारण चर्चित माइकलको भूमिकामा पर्दामा जाफर ज्याकसन छन्। माइकलका भतिजा समेत रहेका जाफरले यसै फिल्मबाट डेब्यु गरेका थिए।

अस्कार अवार्ड विजयी फिल्म ‘बोहिम्यान र्‍यापसोडी’ का निर्माता ग्राहम किङले यस फिल्म निर्माणमा जोन ब्रान्का र जोन म्याकक्लेनसँग सहकार्य गर्नेछन। जो माइकल ज्याक्सनको सम्पत्तिका हकदार समेत हुन्।

यो फिल्म लामो समयदेखि किंग र लोगानको लागि ड्रिम प्रोजेक्ट हो। फिल्मबाट दर्शकलाई थाहा नपाएका ग्रामी विजेता पप किंङको जीवनका सबै पक्षहरूलाई समेटिएको छ। सन् २००९ मा माइकलको ५० वर्षको उमेरमा निधन भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad