डोटेली र्याप गीत ‘बोल्न खोजे’ सार्वजनिक भएको छ। थाने युट्युव अकाउन्डमार्फत सार्वजनिक गरिएको गीत डोटेली भाषामा छ।
सुदूरपश्चिमको डोटेली भाषामा सिर्जना गर्न रूचाउने थानेले यो गीत र्याप शैलीमा तयार पारेका छन्। सार्वजनिक गीतमा गायक थाने (रोहित बलायर) को शब्द र स्वर सुन्न सकिन्छ।
सार्वजनिक गीतमा एक युवकको युवतीप्रतिको प्रेम, विशेष व्यक्तिलाई गुमाउने डर र त्यससँग जोडिएका भावनाहरूबारे प्रस्तुत गरिएको छ।
गीतमा डि-मौन (धिरज बलायर) को म्युजिक प्रोडक्सन र मिक्सिङ छ। गीतको भिडिओमा थानेसहित आँचल गुरुङ फिचर्ड छिन्।
75
Shares

प्रतिक्रिया