कला


मल्टिप्लेक्समा ‘केजीएफ २’ लाई उच्च शो, ‘ए मेरो हजुर ४’ लाई समस्या

मल्टिप्लेक्समा ‘केजीएफ २’ लाई उच्च शो, ‘ए मेरो हजुर ४’ लाई समस्या

नेपालखबर
चैत २८, २०७८ सोमबार १४:२५, काठमाडौँ

झरना थापा निर्माता रहेको नेपाली कथानाक चलचित्र ‘ए मेरो हजुर ४’ बिहीबार रिलिज हुँदैछ। 

तर यो चलचित्रले मल्टिप्लेक्समा सोचेअनुसार शो नै पाउन सकेन। हिन्दी डबमा रिलिज हुन लागेको दक्षिण भारतीय चलचित्र 'केजीएफ-२' अधिकांश मल्टिप्लेक्समा उच्च शो पाएको छ। 

साउद चलचित्रको तुलनामा नेपाली चलचित्र ‘ए मेरो हजुर ४’ले अत्यन्त न्यून शो पाउन सकेको छ। 

नेपालकै ठूलो चेन क्यूएफएक्समा ‘केजीएफ २’ ले ६९ शोज पाएको छ। उता ‘ए मेरो हजुर ४’ ले केबल २७ शो मात्रै पाएको छ। 

साताअघि नै खोलिएको बुकिङका क्रममा ‘केजीएफ २’ले दबदबा राखेको हो। 

नेपालका मल्टिप्लेक्सहरु क्यूएफएक्स, वन सिनेमाज्, बिग मुभिज, रञ्जनासहितका हलमा  लगायतका हलहरुमा ‘केजीएफ २’को दबदबा देखिएको हो। 

बुकिङ खुलेपछि साउथ चलचित्र हेर्न पहिलो दिन दर्शकले टिकट पाउने सम्भावना कम छ। आरआरआरपछि अर्को बहुप्रतिक्षीत चलचित्र आउने भएपछि एकाबिहानैदेखि मध्यरातिसम्मका शो राखिएका छन्। 

‘ए मेरो हजुर ४’का निर्माताले यसअघि नै साउथ चलचित्रसँग भिड्ने निर्णय गरिसकेका छन्।  ‘केजीएफ २’ लाई मल्टिप्लेक्सहरुले उच्च शो दिइरहँदा एकजना निर्माता शोभित बस्नेतले यसलाई अपमानजनक भनेका छन्। 

उनले सौतेनी व्यवहार गरिएको भन्दै नेपाली चलचित्रलाई माया नगर्नेहरुले एक दिन पछुताउनुपर्ने अवस्था आउने पनि बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad