कला


'भस्मे डन'को चस्मा कति पुरानो?

'भस्मे डन'को चस्मा कति पुरानो?

नेपालखबर
माघ १०, २०७८ सोमबार १४:३४, काठमाडौँ

नेपाली फिल्म उद्योगमा सफल मानिएको फिल्म हो– पशुपति प्रसाद। यो फिल्म हेर्नु भएको छ भने तपाईंको दिमागमा आउने पात्र हुन् 'भस्मे डन'। 

पशुपति प्रसादको यही क्यारेक्टरमार्फत आफूलाई उद्योगमा स्थापित कलाकार बनाउन सफल छन् विपिन कार्की। 

विपिनले पशुपति प्रसादमा एउटा चस्मा लगाएका छन्। उक्त चस्मा निक्कै पुरानो चस्मा रहेको उनले खुलाएका छन्। पशुपति क्षेत्रमा बस्ने भस्मे डनको भूमिका निर्वाह गरेका विपिनले लाएको उक्त चस्मा ७० वर्ष पुरानो भएको विपिनले खुलाएका छन्।

त्यो चस्मा विपिनका बाजेको पालाको रहेछ। 

राम्रो लागेर बाजेको चस्मा राखेका विपिनले कपाल खौरेर लगाए। चलचित्रकै लागि कपाल खौरिएका विपिनलाई उक्त चस्मा लाएपछि भस्मे डनको चरित्र खुलेजस्तो लागेपछि फिल्ममा प्रयोग गरे। उनको चरित्र पनि लोकप्रिय भयो। 

पशुपति प्रसादको दोस्रो  सिक्वेल बन्ने तयारीमा छ। ‘पशुपति प्रसाद–२’मा पनि विपिनले यो चस्मा प्रयोग गर्ने सुनाएका छन्। 

‘पशुपति प्रसाद–२’को स्क्रिपटको काम अन्तिम चरणमा पुगेको छ। कोरोना मत्थर भएसँगै छायांकनमा जाने यो चलचित्रमा पनि भस्मे डनकै चरित्रमा विपिनले उक्त चस्मा प्रयोग गर्नेछन्। दीपेन्द्र के खनालले निर्देशन गर्ने ‘पशुपति प्रसाद–२’मा  भस्मे डनकै रुपमा विपिन अनुबन्धित भइसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad