अभिनेत्री शिल्पा पोखरेलले भोजपुरी सुपरस्टार दिनेशलाल यादवसँग जोडी बाध्ने भएकी छिन्। शिल्पाले दुई चलचित्रमा दिनेशको जाडीको भूमिका निर्वाह गर्ने भएकी हुन्।
चलचित्र ‘निरहुआ चलल लन्दन २’ र ‘हनुमान की गली’मा दिनेश र शिल्पा जोडी कलाकारका रुपमा देखिनेछन्। यी दुवै फिल्म सोनु खत्रीले निर्देशन गर्नेछन्। दुवै फिल्ममा शिल्पा औपचारिक रुपमा अनुबन्धित भएकी छिन्।
केही समयअघि मात्रै निर्माण घोषणा भएका यी चलचित्रमा अभिनेत्री अम्रपाली दुबेले पनि अभिनय गर्नेछिन्। शिल्पाले रहरले भन्दा पनि भोजपुरीमा आफ्नो स्थान बनाउन काम गर्न लागेको बताएकी छिन्।
3.0k
Shares

प्रतिक्रिया