ad ad

कला


५० लाखको त्यो एउटा प्रश्न

५० लाखको त्यो एउटा प्रश्न

नेपालखबर
कात्तिक २०, २०७६ बुधबार १२:३५,

बलिउड महानायक अमिताभ बच्चनको रियालिटी शो ‘को बन्छ करोडपति’ भारतमा सबैभन्दा बढी हेरिनेमध्येको एक हो।

फरक खाले प्रश्न र रोचकताका हिसाबले यो शो निकै चर्चित छ। बच्चन र प्रतियोगीबीचको मस्तीका कारण पनि यो चर्चामा छ। बेलाबेला प्रतियोगीले धेरै पैसा जितेको विषयले पनि चर्चा पाउँछ।

यसैबीच, मंगलबारको शोमा पंकज महेश्वरी थिए। उनी खेल निकै राम्रोसँग खेलिरहेका थिए। तर, १४ औँ प्रश्नमा उनले फेल खाए। जुन प्रश्न ५० लाखको थियो।

प्रश्न थियो– अल्लामा इकबालले ‘हिन्दीको एक मर्द–ए–काबिल ने जगाया, ख्वाब से’ कसका लागि लेखेका थिए?

उत्तरमा थियो– गुरु नानक, निजाजुद्धीन औलिया, रञ्जित सिंह र मिर्जा गालिब।

पंकजलाई यो प्रश्नको उत्तर थाहा थिएन। त्यसैले उनले जवाफ दिन चाहेनन् र खेल छाडे। यसको सही जवाफ भने गुरु नानक थियो।

शो छाडे पनि उनले २५ लाख रुपैयाँ भने कमाए। पंकजका बुबाको चिया पसल थियो। उनले सानोमा निकै समस्या भागे र शिक्षा हासिल गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .