ad ad

समाज


बुढानीलकण्ठ मन्दिरमा भारतले बनाइदियो मठाधीश भवन

बुढानीलकण्ठ मन्दिरमा भारतले बनाइदियो मठाधीश भवन

नेपालखबर
कात्तिक २०, २०७६ बुधबार १२:४९,

काठमाडौंको उत्तरतर्फ शिवपुरी डाँडाको काखमा रहेको बुढानीलकण्ठ मन्दिरमा मठाधीश भवनको निर्माण भएको छ।

नेपालका लागि भारतीय राजदूत मंजीवसिंह पुरीले बुधबार नवनिर्मित मठाधीश भवनको उद्घाटन गरे। सो समारोहमा बुढानीलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेल, जिल्ला समन्वय समितिका अध्यक्ष शिवसुन्दर राज वैद्य लगायत स्थानीयको सहभागिता रहेको थियो।

भारत सरकारको ने.रु. २.१८ करोड अनुदान सहयोगमा निर्माण भएको नवनिर्मित यस तीन तल्ले भवनले मठाधीश तथा युवा भिक्षुहरुलाई आश्रय दिनेछ। जिल्ला समन्वय समिति काठमाडौंैंले यस परियोजनालाई कार्यान्वयन गरेको हो।

यस धार्मिकस्थलको पोखरीको मध्य भागमा नागहरुको शैय्यामा पल्टिरहेको भगवान विष्णुको मूर्ति सम्भवतः नेपालको सबैभन्दा ठूलोे प्रस्तर मूर्ति हो। संसारभरी रहेका हिन्दू धर्मावलम्बीहरुका लागि यस श्री बुढानीलकण्ठ मन्दिरले ठूलो धार्मिक तथा सांस्कृतिक महत्व राख्दछ। यस मन्दिरको दर्शन गर्न भारत तथा विश्वको अन्य स्थानहरुबाट दैनिक रुपमा हजारौको संख्यामा तीर्थयात्रीहरु आउँछन्।

मन्दिर परिसरमा निर्मित यस मठाधीश भवन भारत र नेपालबीचको सदियौं पुरानो सांस्कृतिक सम्बन्धको प्रतीकको रुपमा रहनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .