फिफा विश्वकप-२०२६ अन्तर्गत हाल जारी खेलमा केप भर्डले पनि अर्जेन्टिनाविरुद्ध गोल फर्काएको छ।
केपभर्डले ५९ मिनेटमा पहिलो गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याएको हो।
अमेरिकाको मियामी स्टेडियममा जारी खेलको २९औँ मिनेटका कप्तान लियोनल मेसीले केपर्भविरुद्ध पहिलो गोल गर्दै साविक विजेता अर्जेन्टिनालाई अग्रता दिलाएका थिए।
जारी विश्वकपमा मेसीको यो सातौँ गोल हो। हाल जारी विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको शीर्ष स्थानमा मेसी छन्। मेसीपछि फ्रान्सका कप्तान अम्बाप्पेको नाममा ६ गोल छ।
पहिलोपटक विश्वकपमा सहभागी भएको केप भर्डे फिफा विश्वकप २०२६ को नकआउटमा पुगेर इतिहास रचेको छ।
उसले समूह चरणका तीनै खेलमा सानदार प्रदर्शन गरेको थियो। केपभर्डसँगै जारी विश्वकपमा डेब्यु गरेका कुराकाओ, जोर्डन र उज्वेकिस्तान भने समूह चरणबाट नै बाहिरिएका छन्।
यसअघि गएराति अस्ट्रेलियालाई पराजित गर्दै इजिप्ट पहिलोपटक अन्तिम १६ मा प्रवेश गरेको छ।
Shares

प्रतिक्रिया