कला


परशुराम बस्नेतको लगानीमा बन्ने भयो 'राजा', निर्देशक सुदर्शन थापा

परशुराम बस्नेतको लगानीमा बन्ने भयो 'राजा', निर्देशक सुदर्शन थापा

नेपालखबर
कात्तिक २९, २०७८ सोमबार १७:३२, काठमाडौँ

चर्चित निर्देशक सुदर्शन थापाको निर्देशनमा चलचित्र ‘राजा’ निर्माण हुने भएको छ।

यो चलचित्रमा एमालेनिकट खेलकुद महासंघका वरिष्ठ उपाध्यक्ष परशुराम बस्नेतले लगानी गर्ने भएका छन्। 

एमालेका युवा नेतासमेत रहेका बस्नेतले पहिलो पटक चलचित्रमा लगानी गर्दैछन्। 

प्रदेश १ खेलकुद विकास बोर्डका सदस्य सचिव समेत रहेका उनको निर्माणमा बन्न लागेको राजामा एक्सनलाई प्राथमिकताका दिइएको छ। 

यसअघि उनले माया प्रेममा केन्द्रित हिट फिल्म बनाएका छन्। अब उनी एक्सन जनाराको फिल्म निर्देशनका लागि तयार भएका हुन्। 

यो चलचित्रमा राज कटुवाल मुख्य भूमिकामा छन्। अरु कलाकार छान्ने क्रम जारी रहेको थापाले बताए। 

यसअघि राजले केही चलचित्र र म्यूजिक भिडियोमा अभिनय गरेका छन्। चलचित्र राजाको कथा शिवम् अधिकारीले लेख्दैछन्। 

यो चलचित्र माघ दोस्रो सातादेखि छायांकन गरिँदैछ। सुदर्शनकै निर्देशनमा बनेको ‘म यस्तो गीत गाउँछु २’ माघको १९ गते रिलिज हुँदैछ। 

सुदर्शनले चलचित्र ‘मेरो एउटा साथी छ', 'मेरो लभ स्टोरी', 'प्रेमगीत', 'म यस्तो गीत गाउँछु’ जस्ता सफल फिल्ममा निर्देशन गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad