कला


लेखुको शब्द र कार्कीको संगीतमा सार्वजनिक भयो गहतराजको ‘तिमी मेरै हौ’ (भिडिओ)

लेखुको शब्द र कार्कीको संगीतमा सार्वजनिक भयो गहतराजको ‘तिमी मेरै हौ’ (भिडिओ)

नेपालखबर
कात्तिक २९, २०७८ सोमबार १४:५७, काठमाडौँ

 ‘भ्वाइस अफ नेपाल सिजन–३’ मा चर्चा कमाएका रवि गहतराजको नयाँ गीत ‘तिमी मेरै हौ’ सार्वजनिक भएको छ। 

लेखु सहयात्रीको शब्द र करणराज कार्कीको संगीतमा रहेको उक्त गीत भिडिओसहित सार्वजनिक भएको हो।

मायाप्रेमलाई नै यसमा केही फरक किसिमले प्रस्तुत गरिएको छ। भिडिओमा रविलाई प्रिया लिम्बुले साथ दिएकी छिन्।

ए वान म्युजिसियन स्टुडियोमा रेकर्ड भएको गीतको संगीत संयोजन देवेश राईले गरेका हुन् भने मिक्सिङ र मास्टरिङ किशोर थापाले गरेका हुन्।

गोकर्णको रमणीय स्थानमा खिचिएको गीत ‘संगीत भकारी’ युट्युब च्यानलबाट सार्वजनिक भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad