ad ad

कला


कमेडी च्याम्पियनका प्रतिस्पर्धी भरतमणिलाई ६ लाख रुपैयाँको पुरस्कार!

कमेडी च्याम्पियनका प्रतिस्पर्धी भरतमणिलाई ६ लाख रुपैयाँको पुरस्कार!

नेपालखबर
साउन ५, २०७८ मंगलबार २१:४५,

कमेडी च्याम्पियन सिजन-२ का प्रतिस्पर्धी भरतमणि पौडेललाई ६ लाख रुपैयाँ राशीको पुरस्कार घोषणा गरिएको छ। पौडेललाई गृह जिल्ला ताप्लेजुङका सांसद् एवम् पूर्व मन्त्री योगेश भट्टराईको अग्रसरतामा यो पुरस्कार घोषणा गरिएको हो । 

भट्टराईले व्यक्तिगत एक लाख रुपैयाँ, ताप्लेजुङ सरोकार समाजले दुई लाख रुपैयाँ, ताप्लेजुङ सरोकार केन्द्रले दुई लाख र रेडियो तमोरको तर्फबाट एक लाख रुपैयाँ गरी ६ लाखको पुरस्कार घोषणा गरिएको हो। उक्त पुरस्कार पौडेलको च्याम्पियन यात्रा सकिएपछि प्रदान गरिनेछ । 

ताप्लेजुङमा जन्मिएका कलाकार पौडेल अहिले कमेडी च्याम्पियनको शीर्ष ६ मा प्रतिस्पर्धा गरिरहेका छन्। जिल्लाको उदाउँदो कलाकारलाई प्रोत्साहन गर्न पुरस्कार घोषणा गरिएको सांसद भट्टराईले बताए। 

उनकै संयोजनमा काठमाडौंमा उपलब्ध  ताप्लेजुङका संघ संस्थाका प्रतिनिधिको भेलामा जिल्लाबासीका नाताले सबैले पौडेललाई प्रोत्साहन गर्नुपर्ने बताएका थिए।

भट्टराईले जिल्लाका विभिन्न क्षेत्रका प्रतिभा र कलाकारलाई प्रोत्साहन गर्ने विभिन्न कार्यक्रम, पुरस्कार र अक्षय कोषसमेत स्थापना गर्दै आएका छन्। कलाकारिताको सम्मान गर्न सकिए संस्कृतिको सम्मान हुने बताउँदै भट्टराईले नवप्रतिभालाई अगाडि बढाउन सदैव अग्रसर हुने पनि प्रतिवद्धता जनाए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .