ललितपुरको कुसुन्ती हाइटस्थित माछापुच्छ्रे स्कूलको स्टोरबाट आज बिहान एक चितुवाको उद्धार गरिएको छ।
ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाको प्राविधिक टोलीले चितुवाको उद्धार गरेको हो। सातदोबाटो प्रहरी, ललितपुर जिल्ला वन कार्यालय, ललितपुर महानगरीय प्रहरीको टोलीको संयुक्त सहयोगमा ‘डार्ट’ गरेर चितुवाको उद्धार गरेको गरिएको हो।
चिडियाखानाको वन्यजन्तु अस्पतालमा राखिएको सदर चिडियाखाना प्रमुख सत्यनारायण साहका अनुसार, १० वर्षको चितुवाको तौल ६० किलोग्राम रहेको छ। चितुवाको उद्धारपछि उपचारका लागि गर्न लागिएको छ। उपचारपछि चितुवालाई प्राकृतिक बासस्थानमै छोडिने साहले बताए।
चिडियाखानाले विगत एक वर्षमा २४१ वन्यजन्तु, चराचुरुङ्गी, स्तनधारी जीवलगायतको उद्धार गरेको छ। त्यसमध्ये उपचार गरी ५७ वन्यजन्तु, चराचुरुङ्गी, स्तनधारीलाई प्राकृतिक बासस्थानमै छाडिएको थियो। चिडियाखानामा हाल ११५ प्रजातिका एक हजार ३०० बढी वन्यजन्तु छन्।
Shares

प्रतिक्रिया