निर्वाचन विशेष


पोखराः धनराजले कृष्णलाई १८ सय मतले पछि पारे

पोखराः धनराजले कृष्णलाई १८ सय मतले पछि पारे

नेपालखबर
जेठ ४, २०७९ बुधबार ०:४५, काठमाडौँ

पोखरामा गठबन्धन उम्मेदवार धनराज आचार्यले अग्रता कायम राखेका छन्।

२९ हजार १०६ मतगणना हुँदा मेयर उम्मेदवार आचार्यले १८ सय मतको अग्रता हासिल गरेका छन्। उनले १२ हजार ४०० मत पाएका छन्।

एमालेका उम्मेदवार कृष्ण थापाले १० हजार ५५९ मत प्राप्त गरेका छन् भने राप्रपाका शंकर खनालले १३ हजार १९ मत पाएका छन्। 

उपप्रमुखमा गठबन्धनकी कोपिला रानाभाटले १२ हजार ६९६ मत प्राप्त गरेकी छन् भने एमालेकी मञ्जुदेवी गुरुङले १२ हजार ९१ मत ल्याएकी छन्। 

२०७४ को निर्वाचनमा एमालेका मानबहादुर जिसी ६० हजार ११८ मतले विजयी भएका थिए। उनका निकटतम् प्रतिद्वन्द्वी रामजी कुँवरले ४६ हजार ४१६ मत पाएका थिए। 

महानगर प्रमुखमा तत्कालीन संघीय समाजवादी फोरमका हुमबहादुर गुरुङले ३ हजार १७० र राप्रपाका गीता गुरुङले २ हजार २७२ मत ल्याएका थिए। 

महानगरको उपप्रमुखमा एमालेकै मञ्जुदेवी गुरुङ ५६ हजार ४४८ मतले निर्वाचित भएकी थिइन्। उनकी निकटम् प्रतिद्वन्द्वी सरस्वती गुरुङले ४४ हजार ३३८ मत पाएकी थिइन्। 

महानगर उपप्रमुखमा नेकपा माओवादी केन्द्रकी गोमा ढकालले ८ हजार ७९६, राप्रपाका रमेशबहादुर खत्रीले २ हजार ८४० र स्वतन्त्र उम्मेदवार सिरोज कोइरालाले २ हजार १९९ मत ल्याएका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad