ad ad

निर्वाचन विशेष


काठमाडौंको मेयरमा बालेन्द्र शाह निर्वाचित, उपमेयरमा सुनिता डंगोल

काठमाडौंको मेयरमा बालेन्द्र शाह निर्वाचित, उपमेयरमा सुनिता डंगोल

नेपालखबर
जेठ १३, २०७९ शुक्रबार ६:४१, काठमाडौँ

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) विजयी भएका छन्।

निर्वाचन आयोगबाट लौरो चुनाव चिन्ह पाएका साह २३ हजार ४२६ मतान्तरले विजयी भएका हुन्। 

निर्वाचन आयोगमा प्रविष्ट अन्तिम मतपरिणाम अनुसार साहले ६१ हजार ७ सय ६७ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी गठबन्धनका तर्फबाट उम्मेदवार कांग्रेसकी सिर्जना सिंहले ३८ हजार ३४१ मत प्राप्त गरेकी छिन्। 

त्यस्तै, नेकपा एमालेबाट मेयरका उम्मेदवार बनेका केशव स्थापितले भने ३८ हजार ११७ मत प्राप्त गरेका छन्।

इन्जिनियर समेत रहेका र्‍यापर साह मेयरमा निर्वाचित हुँदा उपमेयरमा भने एमाले उम्मेदवार सुनिता डंगोल विजयी भएकी छिन्। 

डंगोलले ६८ हजार ६ सय १२ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।

उपमेयरका प्रतिस्पर्धी गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार ८०६ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .