निर्वाचन विशेष


धनुषा र सिरहाको मत परिणामले लोसपा निराश

धनुषा र सिरहाको मत परिणामले लोसपा निराश

फाइल तस्बिर


नेपालखबर
जेठ १२, २०७९ बिहिबार ११:२३, काठमाडौँ

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) धनुषा र सिरहाबाट प्राप्त स्थानीय तहको चुनावी परिणामबाट निराश बनेको छ।  

धनुषामा लोसपाले एउटा पनि स्थानीय तह जित्न सकेन् । धनौजी गाउँपालिकाबाहेकमा निकटतम् प्रतिद्वन्द्वीसम्म पनि लोसपाका उम्मेदवार बन्न सकेनन्। धनुषाकोे १८ तथा सिरहाको १७ पालिकामध्ये लोसपाले एउटा पनि जित्न नसक्दा नेता तथा कार्यकर्ता निराश बनेका छन्।

पार्टी विभाजनको असर, पार्टीभित्रको अन्तरसङ्घर्ष तथा टिकट वितरणमा भएको किचलो जस्ता कारणले लोसपाले धनुषा र सिरहाका कुनै पालिकामा जित्न नसकेको जनकपुरधाम उपमहानगरपालिका–४ का सुधीर साहले बताए। 

‘समयमा उपयुक्त उम्मेदवार तय गरी चुनाव जित्ने रणनीतिका साथ पार्टी गएको भए यस्तो नराम्रो परिणाम आउने थिएन,’ उनले भने, ‘चुनावको परिणामले लोसपाका नेताहरूबाट धेरै कमी–कमजोरी भएका छन् भन्ने देखाएको छ।’

सर्वसाधारण मात्र होइन, स्वयं लोसपाका नेतासमेत आफ्नै कमजोरीका कारण चुनावमा अकल्पनीय परिणाम आएको स्वीर्काछन्। 

‘यस्तो परिणाम आउँछ जस्तो लागेको थिएन’, लोसपा धनुषाका अध्यक्ष परमेश्वर साहले भने, ‘यो परिणामबाट हामी आश्चर्यमा परेका छौँ।’ जसपाबाट केही महिनाअघि मात्रै अलग भएको र बीचमा सङ्गठनलाई जसरी लैजानुपर्ने थियो त्यसरी लैजान नसक्दा तथा टिकट वितरणमा भएको कमजोरीले हार बेहोर्नुपरेको उनको बुझाई छ।

केही समयअघिमात्रै जसपाबाट अलग भएकाले पार्टी सङ्गठनको काम राम्ररी गर्न नसक्नु, पहिला पार्टीको तर्फबाट जितेका जनप्रतिनिधिले जनअपेक्षाअनुसार काम गर्न नसक्नु, जनताबीच आफ्नो एजेन्डा पु¥याउन नसक्नुजस्ता कारणले नसोचेको परिणाम आएको अध्यक्ष साहले बताए। 

अहिलेको चुनावमा भएको कमी–कजोरीबाट पाठ सिकेर आगामी निर्वाचनमा बढी सिट जित्ने तयारीमा जुट्न उहाँले कार्यकर्तालाई आग्रह गरे।  

यस्तै मत परिणामले नेकपा (एकीकृत समाजवादी)लाई पनि धनुषामा निराश बनाएको छ । एकीकृत समाजवादी सिरहामा भने एउटा पालिकाको अध्यक्ष जित्न सफल भएको छ। 

एक उपमहानगरपालिका, ११ नगरपालिका र ६ गाउँपालिका रहेको धनुषामा १० पालिका कांग्रेसले जितेको छ । एमाले र जसपाले तीन÷तीन तथा माओवादी केन्द्रले एउटा स्थानीय तहमा जित निकालेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad