निर्वाचन विशेष


काठमाडौंको मतगणना अन्तिम चरणमा, अब ७५०७ मत मात्रै गन्न बाँकी

काठमाडौंको मतगणना अन्तिम चरणमा, अब ७५०७ मत मात्रै गन्न बाँकी

नेपालखबर
जेठ १२, २०७९ बिहिबार ९:४, काठमाडौँ

काठमाडौं महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ। पछिल्लोपटक सार्वजनिक भएको मतपरिणाम अनुसार १ लाख ८३ हजार ६ सय ७९ मतगणना भइसकेको छ। 

काठमाडौंमा १ लाख ९१ हजार १ सय ८६ मत खसेको थियो। अब ७ हजार ५ सय ७ मत गणना गर्न बाँकी छ।

काठमाडौं महानगरका ३२ वडामध्ये २९ वडाको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ। अब ३ वटा वडाको मतपरिणाम आउन बाँकी छ। 

काठमाडौंको मेयुरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ५९ हजार १ सय ४९ मत पाएका छन्। 

उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट काग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३७ हजार ५ सय ४२ मत प्राप्त गरेकी छन्।

एमाले उम्मेदवार केशव स्थापितले ३७ हजार २ सय १८ मत पाएका छन्। काठमाडौंको वडा नं १४, १५ र १६ को मतगणना जारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad