धनगढीमा ५१ हजार ०६५ मत गणना हुँदा मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले २२ हजार ५४१ मत पाएर अग्रता जारी राखेका छन्।
यस्तै निवर्तमान मेयर तथा गठबन्धनकातर्फबाट कांग्रेसका उम्मेदवार नृपबहादुर वडले ११ हजार ५४१ मत पाएका छन्।
एमालेका रणबहादुर चन्दले ६ हजार ४२३ मत पाएका छन्।
उपमेयरमा एमालेकी कन्दकला रानाले १० हजार ८८० मतसहित अग्रता हासिल गरेकी छिन्।
यसअघि अग्रता हासिल गरिरहेकी गठबन्धनका तर्फबाट माओवादी उम्मेदवार शान्ति अधिकारी १० हजार ७०२ मतसहित पछि परेकी छिन्।
उपमेयरका स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ६ हजार मत प्राप्त गरेका छन्।
धनगढीमा ६३ हजार ७१५ मत खसेको थियो।
123
Shares

प्रतिक्रिया