निर्वाचन विशेष


हेटौँडाको प्रमुखमा एकीकृत समाजवादीकी लामा विजयी

हेटौँडाको प्रमुखमा एकीकृत समाजवादीकी लामा विजयी

नेपालखबर
जेठ ६, २०७९ शुक्रबार २२:५०, काठमाडौँ

हेटौंडा उपमहानगरपालिकाको प्रमुखमा नेकपा एकीकृत समाजवादीकी मीना लामा विजयी भएकी छन्। 

केही बेरअघि सार्वजनिक मतपरिणाम अनुसार निकटतम् प्रतिस्पर्धी एमालेका अनन्त पौडेललाई पराजित गर्दै लामा विजयी भएकी हुन्। उनी निवर्तमान उपप्रमुख हुन्।

मीना लामाले २३ हजार ६७ मत पाइन्। उनका प्रतिद्वन्द्वी एमालेका अनन्त पौडेलले २० हजार ९ सय ८ पाउँदा राप्रपाका उम्मेदवार दिपक सिंहले २० हजार ३१ मत प्राप्त गरे।

यस्तै, उपप्रमुखमा नेपाली कांग्रेसका राजेश बानियाँ निर्वाचित भएका छन्।

उपमेयरमा बानियाँले ३२ हजार ५ सय ९३ मत ल्याएर निर्वाचित भए। एमालेकी उम्मेदवार सुमित्रा काफ्लेले २३ हजार ९ सय ९ मत ल्याइन्। राप्रपा उम्मेदवार इन्दिरा न्यौपाने डल्लाकोटिले ५ हजार ८ सय ८७ मत प्राप्त गरिन्।

हेटौँडा उपमहानगरमा गठबन्धन बनेको थियो। लामाको जीतसँगै एकीकृत समाजवादीले पाएको एउटा उपमहानगर जितेको छ।

हेटौँडा उपमहानगरपालिकामा कुल १ लाख ४ हजार ४७३ मतदाता छन्। जसमध्ये ५० हजार ७२५ पुरुष, ५३ हजार ७४५ महिला र ३ अन्य मतदाता रहेका छन्।

हेटौँडाको प्रमुखका लागि नेकपा एमाले अनन्तप्रसाद पौडेल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले सञ्जिव खराललाई उम्मेदवार बनाएको थियाे।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट दिपकबहादुर सिंह, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट रमेशमान सिंह र नेकपा मालेबाट केशव घर्ती पनि उपमहानगरको प्रमुखकाे प्रतिस्पर्धामा थिए।

उपप्रमुखमा एमालेबाट सुमित्रा काफ्ले, लोसपाबाट नानीमैयाँ श्रेष्ठ, राप्रपाबाट इन्दिरा न्यौपाने र मालेबाट अम्बिका लामिछानेले प्रतिस्पर्धा गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad