२०७४ को स्थानीय निर्वाचनमा १२० मतले पराजित रामविजय महतो महोत्तरीको बलवा नगरपालिकाको मेयर पदमा निर्वाचित भएका छन्।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट चुनाव लडेका महतो यसपटक १,११३ मतअन्तरले मेयर पदमा विजयी भएका हुन्।
उनले निवर्तमान मेयर नेपाली कंग्रेसका उम्मेदवार विनोद यादवलाई पराजित गर्दै विजयी भएका हुन्। महतोले ५,७८३ मत ल्याएर विजयी भए भने यादवले ४, ६७० मत मात्र प्राप्त गरेर पराजित भएका छन्।
निवर्तमान मेयर यादवले नै २०७४ को निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)का उम्मेदवार महतोलाई १२० मत अन्तरले पराजित गरेका थिए। यो पल्ट महतोले यादवलाई १,११३ मत अन्तरले पराजित गरेका हुन्।
२०७४ को निर्वाचनमा कांग्रेसबाटै चुनाव लडेका यादव ३,६१६ मत ल्याएर विजयी भएका थिए। महतोले भने ३,४९६ मत प्राप्त गरी पराजित भएका थिए।
यस्तै उपमेयरमा कांग्रेसबाट रामदुलारी देवी विजयी भएकी छन्। उनले ५,१०८ मत प्राप्त गरिन् भने निकटतम प्रतिस्पर्धी लोसपाकी रेखाकुमारी ५,०८१ मत ल्याएकी छन्। २७ मत अन्तरले रेखाकुमारी पराजित भएकी हुन्।
Shares

प्रतिक्रिया