निर्वाचन विशेष


कपिलवस्तुको शिवराज नगरपालिकामा राप्रपा विजयी

कपिलवस्तुको शिवराज नगरपालिकामा राप्रपा विजयी

नेपालखबर
जेठ ५, २०७९ बिहिबार २३:८, काठमाडौँ

कपिलवस्तुको शिवराज नगरपालिका प्रमुख पद राप्रपाले जितेको छ।

राप्रपाका उम्मेदवार अजय थापा प्रमुखमा निर्वाचित भएका हुन्। उनले ७ हजार ६ सय २ मत ल्याए। नेकपा एमालेका महादेव पोखरेलले ७ हजार १ सय २८ मत पाए।

यस्तै उपप्रमुखमा भने एमालेकी उम्मेदवार शिवकुमारी चौधरी निर्वाचित भइन्। 

उनले ७ हजार ९५५ मत ल्याइन्। 

उनी निवर्तमान उपमेयर समेत हुन्।  

निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी शारदा कार्कीले ६ हजार १८५ मत पाइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad