ad ad

निर्वाचन विशेष


विराटनगर : नागेशको मत २० हजार कट्यो, ५ हजार बढीकाे मतान्तर

विराटनगर : नागेशको मत २० हजार कट्यो, ५ हजार बढीकाे मतान्तर

नेपालखबर
जेठ ५, २०७९ बिहिबार १८:२५, विराटनगर

विराटनगर महानगरपालिकामा गठबन्धनका उम्मेदवार नागेश कोइरालाले एमालेसँगको मतान्तर फराकिलो पार्दै लगेका छन्।   

पछिल्लो मत परिणाम सार्वजनिक हुँदासम्म प्रमुखमा नेपाली कांग्रेसले ५०१७ को मतान्तरले बताएको छ।   

विराटनगर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका नागेश कोईरालाले २० हजार ६३ मत प्राप्त गर्दा उनलाई नेकपा एमालेका सागरकुमार थापाले पछ्याउँदै १५ हजार ४६ मत प्राप्त गरेका छन्।

प्रमुखमा स्वतन्त्र उम्मेदवार उमेशकुमार यादवले ६ हजार ३६९ मत प्राप्त गरेका छन्। उपप्रमुखमा नेकपा एमालेकी शिल्पा निराला कार्कीले १७ हजार ३८७ मत ल्याउँदा गठबन्धनका उम्मेदवार जसपाका अमरेन्द्र यादवले १० हजार २२५ मत प्राप्त गरेका छन्।  

राप्रपाकी विन्दाकुमारी लुईँटेल आचार्यले ४ हजार ६८१ मत ल्याएकी छिन्। उपप्रमुखमा एमाले र जनता समाजवादी पार्टी बिचको मतान्तर ७ हजार १६२ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .