ad ad

निर्वाचन विशेष


विजय गच्छदारले गुमाए आधार क्षेत्र, गढीका दुवै पदमा एमाले विजयी

रामधुनी एमालेले फर्काउँदा, कांग्रेसले इनरुवा जोगायो
विजय गच्छदारले गुमाए आधार क्षेत्र, गढीका दुवै पदमा एमाले विजयी

विजयी एमाले उम्मेदवारहरुसँग नेतृ भगवती चौधरी


नेपालखबर
जेठ ५, २०७९ बिहिबार १७:४५, विराटनगर

एमालेले रामधुनी र गढीको साख फर्कायो, इनरुवामा कांग्रेसले प्रमुख र उप प्रमुख जित्यो 

नेकपा एमालेले अघिल्लो स्थानीय तहमा गुमाएको सुनसरीको रामधुनी र गढी गाँउपालिका फर्काएको छ। 

गढी गाउँपालिका कांग्रेस नेता विजय गच्छदारको आधार क्षेत्र हो। यस क्षेत्रमा कांग्रेसले विजय हासिल गर्दै आएको थियो। 

यस पटक भने एमालेका आशनारायण चौधरी ८९०१ मत पाएर विजयी भएका छन्। उनका प्रतिस्पर्धी कांग्रेसका महेश दत्तले ५३५० मत प्राप्त गरे। 

उपाध्यक्षमा पनि एमालेकै अनिताकुमारी साहाले विजय पाइन्। उनले ७८९५ मत पाइन्। 

उनकी प्रतिस्पर्धी कांग्रेसकी राजकुमारी चौधरीले ५८३८ मत प्राप्त गरिन् । गढी गाउँपालिकामा निर्वाचित अध्यक्ष फरवार्ड लघुवित्तका प्रमुख कार्यकारी निर्देशक हुन्। 

सुनसरीको रामधुनीमा पनि एमालेले मेयर उप मेयर नै जितेको छ। एमालेका शंकर चौधरीले कांग्रेसका सुदीप अधिकारीलाई हराए। 

एमालेका चौधरीले १३ हजार ३७२ मत प्राप्त गरे । कांग्रेसका सुदिप अधिकारीले भने ११ हजार ४०५ मत पाए। 

उपमेयरमा एमालेकै तारा थापा विजयी भइन्। उनले १२ हजार २२० मत पाउँदा कांग्रेसकी आशाकुमारी चौधरीले १० हजार ४९३ मत  पाइन्। 

सुनसरीको जिल्ला सदरमुकामसमेत रहेको इनरुवा नगरपालिका भने कांग्रेसले जितेको छ। 

इनरुवामा कांग्रेसका जिल्ला सभापति समेत रहेका केदार भण्डारीले विजय हासिल गरे।  

उपमेयरमा  पनि कांग्रेसकी विनिता मेहता विजयी भइन्। आधिकारिक रुपमा घोषणा गर्न भने बाँकी नै छ। 

गणना गर्ने मतभन्दा बढीको अग्रता भएपछि भण्डारी र मेहता विजयी भएका हुन्। इनरुवामा एमालेका सरोज पोखरेल र साहाज्यादी प्रवीण एमालेबाट प्रतिस्पर्धामा थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .