निर्वाचन विशेष


वडाध्यक्ष विजयी भएको एक सातापछि भेटियो नखोलिएको मतपेटिका

वडाध्यक्ष विजयी भएको एक सातापछि भेटियो नखोलिएको मतपेटिका

६ दिनअघि नै विजयी घोषणा गरिएका वडाध्यक्ष शमशेरसिंह लामा


नेपालखबर
जेठ ५, २०७९ बिहिबार १४:८, काठमाडौँ

महोत्तरीको बर्दिबास नगरपालिकामा एउटा मतपेटिकाको मतै नगनी वडाध्यक्ष विजयी भएको घोषणा गरेको पाइएको छ।

बर्दिबास वडा नम्बर-८ को नतिजा सार्वजनिक भएको ६ दिनपछि खोल्दै नखोलिएको एउटा मतपेटिका फेला परेको हो। 

मतपत्रले भरिएको मतपेटिका फेला परेपछि मतगणना स्थलमा खैलाबैला मच्चिएको छ। बर्दिबास नगरपालिकाको मतगणना एक सातादेखि बर्दिबासस्थित कभर्ड हलमा चलिरहेको छ। 

सबै वडाको मतगणना सकेर बर्दिबास ९ को अन्तिम गणना चलिरहँदा ६ दिनअघि नै गणना सकेको बर्दिबास ८ को एउटा मतपेटिका फेला परेको हो। फेला परेको मतपेटिकामा कति मत छ सार्वजनिक गरिएको छैन। 

गएको वैशाख ३१ गते नै बर्दिबास -८ को मतगणना सकेर परिणाम सार्वजनिक गरिएको थियो। 

निर्वाचन अधिकृतले बर्दिबास -८ मा माओवादी केन्द्रका उम्मेदवार समशेरसिंह लामा एमालेका रुद्रबहादुर किङरिङ मगरलाई पराजित गर्दै विजयी बनेको घोषणा गरेका थिए। 

लामाले ७५१ मत पाएका थिए भने मगरले ७४४ मत पाएका थिए। 

विजेताको टुंगो लागिसकेको वडाको नगनिएको मतपेटिका भेटिएपछि सर्वदलिय बैठक बस्न लागेको पत्रकार सुनिता बरालले जानकारी दिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .