निर्वाचन विशेष


लेटाङको मेयर–उपमेयर दुबैमा एमाले विजयी

लेटाङको मेयर–उपमेयर दुबैमा एमाले विजयी

नेपालखबर
जेठ ४, २०७९ बुधबार १२:३०, काठमाडौँ

मोरङको लेटाङ नगरपालिकामा एमाले विजयी भएको छ। लेटाङको मेयर र उपमेयर दुबै पदमा एमालेका उम्मेदवार विजयी भएका हुन्।

एमालेका भुपेन्द्र लावती १० हजार २२७ मत ल्याएर मेयरमा विजयी भएका छन् भने उपमेयरकी उम्मेदवार कृष्णकुमारी निरौला ९ हजार ४६० मत ल्याएर विजयी भएकी छन्।

कांग्रेसका मेयर उम्मेदवार ज्ञानेन्द्र ढकालले ८ हजार १०५ मत मात्र प्राप्त गरेका छन्।  उपमेयरमा माओवादी केन्द्रका कृष्णप्रसाद लम्सालले ४ हजार ९०५ मत मात्रै ल्याएका छन्। 

अघिल्लो निर्वाचनमा लेटाङ नगरपालिकाको प्रमुख कांग्रेसले जितेको थियो।

लेटाङ नगरपालिकामा एमालेले प्रमुख, उपप्रमुखसहित १, २, ३, ४, ५ र ७ नम्बर वडामा प्यानल नै जितेको छ। वडा नम्बर ९ मा पनि एमालेले वडाध्यक्षबाहेक ४ जना सदस्य जितेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad