निर्वाचन विशेष


अघिल्लो निर्वाचनमा मेयर जितेको एमाले लमहीमा तेस्रो, माओवादीलाई पराजित गर्दै कांग्रेसका जोगराज विजयी

अघिल्लो निर्वाचनमा मेयर जितेको एमाले लमहीमा तेस्रो, माओवादीलाई पराजित गर्दै कांग्रेसका जोगराज विजयी

नेपालखबर
जेठ ४, २०७९ बुधबार ९:४१, काठमाडौँ

अघिल्लो निर्वाचनमा मेयर जितेको एमाले दाङको लमहि नगरपालिकामा ‘क्लीनस्वीप’ भएको छ। लमहीको मेयरमा नेपाली कांग्रेसका जोगराज चौधरी र उपमेयरमा कांग्रेसकै लक्ष्मी योगी विजयी भएका छन्। 

जोगराजले ९ हजार ३१७ मतका ल्याएका छन्। उनका प्रतिस्प्रधी माओवादी केन्द्रका बसन्तराज शर्माले ७ हजार २८५ मत प्राप्त गरे। 

अघिल्लो पटक मेयर जितेको एमाले तेस्रो स्थानमा आएको छ। एमालेका दण्डीराम चौधरीले ५ हजार ५०३ मत मात्रै पाए।

उपमेयरमा कांग्रेसकी लक्ष्मी योगी ८ हजार ७३७ मतसहित विजयी भएकी छन्। माओवादी केन्द्रकी गंगा पाण्डेले ५ हजार ८४८ र एमालेकी सुशिला शर्माले ५ हजार ३१२ मत प्राप्त गरिन्। 

नगरका ९ वडामध्ये ८ वडा कांग्रेसले जितेको छ । वडा नम्बर ५ मा माओवादी केन्द्रले वडाध्यक्ष जितेको छ भने सदस्यहरु कांग्रेसकै विजयी भएका छन्। 

एमाले वडाहरुमा समेत शून्य भएको छ। लमही नगरका कुल ४७ पद मध्ये ४६ पदमा कांग्रेस र एउटा वडाध्यक्ष माओवादी केन्द्रले जितेको हो। 

मेयरमा निर्वाचित चौधरी २०७४ मा एमालेका कुलबहादुर खत्री क्षेत्रीसँग ८३ मतले पराजित भएका थिए। त्यतिबेला पनि उपमेयरमा कांग्रेस नै विजयी भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad