पोखरा महानगरपालिकामा बुधबार बिहानसम्म ३४ हजार ६ सय १३ मत गणना भएको छ।
मत गणनाको पछिल्लो परिणाम अनुसार पोखरा महानगरपालिकाको प्रम्खमा सत्तागठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्यले १४ हजार ३ सय ६२ मत प्राप्त गरेका छन्।
आचार्यले प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कृष्ण थापालाई १८ सय ४५ मतले पछी पारेका छन्। थापाले १२ हजार ५ सय १७ मत प्राप्त गरेका छन्।
मेयर पदकै आंकाक्षी राप्रपाका उम्मेदवार शंकर खरालले १४ सय ८३ मत प्राप्त गरेका छन्। स्वतन्त्रका उम्मेदवार गणेश पौडेलले भने ८ सय १५ मत प्राप्त गरेका छन्।
उपमेयरमा भने नेपाली काग्रेसकी उम्मेदवारले नेकपा एमालेकी उम्मेदवारलाई ४ सय १० मतले मात्र पछि पारेकी छिन्।
उपमेयरमा नेपाली काग्रेसकी उम्मेदवार कपिला रानाभाटले १४ हजार ६ सय ८५ मत प्राप्त गरेकी छिन्। अर्की उम्मेदवार नेकपा एमालेकी मञ्जुदेवी गुरुङले १४ हजार २ सय ७५ मत ल्याएकी छिन्।
उपमेयर पदकै अर्की आंकाक्षी राप्रपाकी उम्मेदवारले १२ सय ६३ मत प्राप्त गरेकी छिन्। उपमेयरमा स्वतन्त्र उम्मेदवार लौरोले भने २१ मत मात्रै प्राप्त गरेको छ।
Shares

प्रतिक्रिया