सिन्धुलीको मरिण गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ।
माओवादी केन्द्रका उम्मेदवार विमर्स मुक्तान ५ हजार १९४ मतसहित गाउँपालिका अध्यक्षमा विजयी भएका हुन्।
उनका निकटतम प्रस्पिर्धी एमालेका गोविन्द लाल माझीले ४ हजार ७६० मत प्राप्त गरेका छन्।
उपाध्यक्षमा नेपाली कांग्रेसकी विमला माझी विजयी भएकी छन्। ५ हजार २८१ मतसहित माझी उपाध्यक्षमा विजयी हुँदा उनकी निकटतम प्रतिस्पर्धी स्वतन्त्रबाट मञ्जु माझीले ५०८ मत मात्रै प्राप्त गरेकी छन्।
मरिण गाउँपालिकामा कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेका थिए।
102
Shares

प्रतिक्रिया