सर्लाहीको हरिपुर्वा नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। मेयर र उपमेयर दुबै पदमा कांग्रेस उम्मेदवार विजयी भएका हुन्।
मेयरमा नेपाली कांग्रेसका विनोद कुमार साह तेली ५ हजार ९९ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धीमा जनता समाजवादी पार्टीका योगनारायण रायले ३ हजार ४९३ मत मात्र प्राप्त गरेका छन्।
उपमेयरमा पनि कांग्रेसकी सुमित्रा देवी ग्वारनी विजयी भएकी छन्। उनले ४ हजार ३९१ मत प्राप्त गर्दा जनता समाजवादी पार्टीकी सुनिता देवी यादवले ३ हजार ४०० मत प्राप्त गरेकी छन्।

प्रतिक्रिया