निर्वाचन विशेष


डोटीको शिखर नगरपालिकामा कांग्रेस विजयी

डोटीको शिखर नगरपालिकामा कांग्रेस विजयी

नेपालखबर
जेठ ४, २०७९ बुधबार ८:४०, महेन्द्रनगर

डोटीको शिखर नगरपालिकाको मेयर र उपमेयर दुबैमा नेपाली कांग्रेस विजयी भएको छ। मेयरमा कांग्रेसका दीर्घ बलायर विजयी भएका छन्। उनी ६ हजार ५६२ मत ल्याउँदै विजयी भएका छन्।

बलायरका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका भीम बलायरले ४ हजार ५९१ मत प्राप्त गरेका छन्। एकीकृत समाजवादीका सागर भट्टले ३०२ मत र राप्रपाका गिरी रोकायाले ४२ मत मात्रै पाए। 

यस्तै उपमेयरमा नेपाली काँग्रेसकै सुनिता रावल (जोरा) ६ हजार ४२६ मत ल्याउँदै विजयी भइन्। उनकी प्रतिस्पर्धी नेकपा एमालेकी लक्ष्मीदेवी मल्लले ४ हजार ६४५ मत पाइन् भने नेकपा माओवादीका रमेशप्रसाद जोशीले ३६६ मत मात्रै प्राप्त गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad