निर्वाचन विशेष


महोत्तरीको मनरासिसवामा कांग्रेस विजयी

महोत्तरीको मनरासिसवामा कांग्रेस विजयी

नेपालखबर
जेठ ४, २०७९ बुधबार ७:५६, काठमाडौँ

महोतरीको मनरासिसवा नगरपालिकाको मेयर र उपमेयरमा दुवैमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।
 
काँग्रेसका मेयर पदका उमेदवार मोहन पाण्डेय ९६४ मतान्तरले विजयी भएका हुन्। पाण्डेयले ५ हजार ८८४ मत पाए। उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका महेन्द्र यादवले ४ हजार ९२० मत प्राप्त गरे। 

त्यस्तै उपमेयरमा नेपाली कांग्रेसकी शकुन्तला देवी ५ हजार ७४५ मत ल्याएर विजयी भएकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी जसपाकी निर्माला देवी सिंहले ४ हजार ८४२ मत पाइन्। 

यो नगरपालिकामा २०७४ को निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टीका संजय कुमार सिंहले मेयरमा जित हात पारेका थिए।

यसपटक भने सिंह लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट उम्मेदवार बनेका थिए। उनी २ हजार ७७२ मत पाएर तेस्रो भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad