मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखमा सत्ता गठबन्धनले अग्रता कायम राखेको छ।
बुधबार बिहानसम्मको गणनाको परिणामअनुसार गठबन्धनका तर्फबाट प्रमुखमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार मीनाकुमारी लामा २४४ मतले अगाडि छन्।
उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार राजेश बानियाँ झण्डै साढे ४ हजार मतले अघि छन्।
३० हजार ६२ मतपत्रको गणना सम्पन्न हुँदा लामाले ९ हजार ३५७ मत पाएकी छन्। उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दिपकबहादुर सिंह ९ हजार ११३ मतसहित पछ्याइरहेका छन्।
नेकपा एमालेका उम्मेदवार अनन्तप्रसाद पौडेल ७ हजार ९५५ मतका साथ तेस्रो स्थानमा छन्।
उपमहानगर उपप्रमुखमा कांग्रेसका बानियाँले १३ हजार ४९९ मत ल्याउँदा निकटतम् प्रतिद्वन्द्वी एमालेकी सुमित्रा काफ्लेले ९ हजार १३ मत प्राप्त गरेकी छन्। राप्रपाका इन्दिरा न्यौपाने २ हजार ११३ मतका साथ तेस्रो स्थानमा छन्।
१ लाख ४ हजार ४७३ मतदाता रहेको हेटौँडामा ७३ हजार ४१४ मत खसेको थियो।
Shares

प्रतिक्रिया