रुपन्देहीको कञ्चन गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ।
जिल्लाका १६ पालिका मध्ये कञ्चनमा मतगणना टुंगिएर नतिजा आउन सुरु भएको हो। अरु पालिकामा मतगणना जारी छ। कञ्चनमा कांग्रेसका नवराज ढकाल १० हजार १४१ मत प्राप्त गरि गाउँपालिका अध्यक्षमा विजयी भएका छन्।
एमालेका दिनानाथ आचार्यले ९ हजार ११ मत प्राप्त गरेका छन्।
उपाध्यक्षमा पनि माओवादी केन्द्रकी मौसमी थापा मगर विजयी भएकी छन्। उनी रुख चुनाव चिन्ह लिएर लडेकी थिइन्।
एमालेकी आमकली राहादीले ८ हजार ८३९ प्राप्त गरेकी छन्। पालिकाका ५ वडा मध्ये वडा नम्बर १ र ५ मा एमालेको प्यानल नै विजयी भएको छ।
२,३ र ४ मा गठबन्धनको प्यानलले नै जितेको हो। ती वडामा जितेका वडाध्यक्ष कांग्रेसकै हुन्। गठबन्धन गर्दा ५ नम्बर वडा माओवादी केन्द्रले पाएको भएपनि एमाले विजयी भएको हो।
Shares

प्रतिक्रिया