ad ad

निर्वाचन विशेष


भरतपुर : एमाले ६०१ मतले पछि पर्‍यो

भरतपुर : एमाले ६०१ मतले पछि पर्‍यो

नेपालखबर
जेठ ३, २०७९ मंगलबार २३:३७, काठमाडौँ

चितवनको भरतपुर महानगरमा सत्ता गठबन्धनले प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई ६०१ मतले पछि छाडेको छ। 

२२ हजार ६८६ मत गणना हुँदा गठबन्धनकी साझा उम्मेदवार रेनु सुवेदीले ७ हजार ८५७ मत पाएकी छन्। 

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका विजय सुवेदी ले ७ हजार २५६ मत ल्याएका छन्। 

यहाँ स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार ७३९ मत प्राप्त गरेका छन्। 

भरतपुर महानगरको उपप्रमुखमा भने गठबन्धन फराकिलो मतसहित अगाडि छ। गठबन्धनका साझा उम्मेदवार चित्रसेन अधिकारीले ९ हजार ४७९ ल्याएका छन्। 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार हिमला गुरुङले ६ हजार मत पाएकी छन्। अहिले भरतपुरको ६ नम्बर वडामा मतगणना चलिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .