निर्वाचन विशेष


गगन थापाको वडामा सिर्जनालाई भन्दा बालेनलाई दोब्बर मत

गगन थापाको वडामा सिर्जनालाई भन्दा बालेनलाई दोब्बर मत

नेपालखबर
जेठ ३, २०७९ मंगलबार २३:२, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगन थापाको वडामा बालेन्द्र शाहले सिर्जना सिंहभन्दा दोब्बर मत पाएका छन्। थापाले मतदान गरेको वडाका ९६६ मत गणना हुँदासम्म शाहले सिर्जनाभन्दा दोब्बर मत पाएका हुन्। 

उक्त वडामा सिर्जनाले १७० मत पाउँदा स्वतन्त्र उम्मेदवार शाहले ३३७ मत ल्याएका छन्। यो वडामा नेकपा एमालेका केशव स्थापितले १३१ मत पाएका छन्। काठमाडौँमा अहिलेसम्म ३४ हजार ४६३ मतको गणना सम्पन्न भएको छ। 

जसमध्ये शाहले १३ हजार २४४, स्थापितले ७ हजार ३१२ र सिर्जनाले ६ हजार ३५७ पाएका छन्। काठमाडौँमा ३ लाख २४२ कुल मतदातामध्ये १ लाख ९१ हजार १८६ मत खसेको थियो। काठमाडौँमा अहिले ३, ४, ५, ६, २९, ३०, ३१ र ३२ नम्बर वडाको मतगणना भइरहेको छ। 

वडा नम्बर १ र २ को मतगणना सम्पन्न भइसकेको छ। काठमाडौँ–१ मा एमालेका भारतलाल श्रेष्ठ र २ मा एमालेकै राजेन्द्रकुमार श्रेष्ठ वडाध्यक्षमा विजयी भइसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad