मोरङको कानेपोखरी गाउँपालिकामा एमालेका प्रमुख उपप्रमुख नै विजयी भएका छन्। कानेपोखरीमा राजमति इङ्नाम अध्यक्ष र भोलाप्रसाद अधिकारी उपाध्यक्षमा निर्वाचित भएका हुन्।
यसअघि गाउँपालिका उपाध्यक्ष रहेकी इङ्नाम ८ हजार ९७५ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भएकी हुन्।
उनले नेपाली कांग्रेसका सन्जय भट्टराईलाई पराजित गरिन्। भट्टराईले ५ हजार ८४६ मत प्राप्त गरे।
उपाध्यक्षमा पनि एमालेकै भोलाप्रसाद अधिकारी निर्वाचित भएका छन्। उनले ९ हजार ५७० मत प्राप्त गर्दा कांग्रेस उम्मेदवार मनकुमारी गुरुङले ७८१८ मत पाएकी छन् ।
कानेपोखरीका ७ वडामध्ये १ र ४ बाहेक सबै वडामा एमालेका उम्मेदवारले जितेको छन्।
93
Shares

प्रतिक्रिया