निर्वाचन विशेष


बाजुरामा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप, ९ राउन्ड हवाइ फायर

बाजुरामा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप, ९ राउन्ड हवाइ फायर

गोकुल जोशी
बैशाख ३१, २०७९ शनिबार १७:४७, महेन्द्रनगर

बाजुराको हिमाली गाउँपालिकाको मतगणना स्थलमा नेकपा (एमाले) र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ।

झडप नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको छ।

मतदानस्थलबाट मत पेटिका गणनास्थलमा ल्याउने क्रममा शिल भाँचिएको विषयमा विवाद हुँदा झडप भएको थियो।

मतपेटिका सुरक्षित गर्न र शान्तिपूर्ण वातावरण बनाउन प्रहरीले ९ राउण्ड हवाइ फायर गरेको जनाएको छ। 

‘अहिले पनि प्रहरीमाथि ढुंगामुढा भइरहेको छ, मत पेटिकाहरुको सुरक्षा गरिरहेका छौं,’ बाजुराका प्रहरी प्रमुख डीएसपी चतुर्भुज ओझाले भने।

त्यहाँ अहिले पनि तनावपूर्ण अवस्था छ। विवादले उग्ररूप लिएपछि प्रहरीले ९ राउन्ड हवाइ फायर गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad