ad ad

कारोबार


आईफोन बेच्न भारतभर सय रिटेल स्टोर खोल्दै टाटा ग्रुप

आईफोन बेच्न भारतभर सय रिटेल स्टोर खोल्दै टाटा ग्रुप

नेपालखबर
मंसिर २८, २०७९ बुधबार १३:११, काठमाडौँ

भारतको व्यावसायिक घराना टाटा ग्रुपले अब आईफोन बिक्री गर्ने भएको छ । टाटा ग्रुपको स्वामित्व रहेको इन्फिनिटी रिटेलले भारतभर सय रिटेल स्टोर खोल्ने योजना बनाएको हो ।

यी स्टोरमा केवल आईफोन मात्रै किन्न पाइनेछ । भारतीय सञ्चारमाध्यमका अनुसार टाटा ग्रुपले गत नोभेम्बरमै आईफोन उत्पादक विस्ट्रोनको भारतमा रहेको एकमात्र कारखाना ५० अर्ब भारुमा किन्न वार्ता गरेको थियो । कर्णाटक राज्यमा रहेको उक्त कारखाना खरिद नमिलेमा उसले ताइवानको विस्ट्रोनसँग संयुक्त उपक्रम गर्न सक्नेछ ।

विस्ट्रोन भारतमा आईफोनको टप भेन्डरमध्ये एक हो । इन्फिनिटी रिटेल भारतमा क्रोमा स्टोरबाट पनि परिचित छ । एप्पलले पनि सरकारी अधिकारीसँग कुरा गरिररहेको छ । अहिलेसम्म ठोस योजना तयार नभए पनि यदि आफ्नो योजनामा एप्पल सफल भए उसको बजार पहुँच बढ्ने बताइएको छ ।

रिपोर्टहरुका अनुसार टाटा–एप्पल साझेदारीमा पहिलो स्टोर मुम्बईमा खुल्न सक्नेछ । भारतमा एप्पलका तीन प्रमुख भेन्डर छन् । तिनमा फक्सकोन, विस्ट्रोन र पेगाट्रोन पर्छन् । यो महिनाको सुरुमै एप्पलले भारतमा आईफोन १४ एसेम्बलिङ गर्न एकअर्का उत्पादकसँग सम्झौता गरेको थियो । उसले ताइवानी कम्पनी पेगाट्रोनसँग सम्झौता गरेको थियो ।

योसँगै पेगाट्रोन फक्सकोनपछि भारतमा आईफोन १४ को एसेम्बलिङ सुरु गर्ने एप्पलको दोस्रो आपूर्तिकर्ता बनेको छ । यसको युनिट तमिलनाडुमा रहेको छ । जहाँ सात हजार मानिसले रोजगारी पाएका छन् । विस्ट्रोनले अब कर्णाटकमा पनि आईफोन एसेम्बलिङ गरिरहेको छ । विस्ट्रोनले कर्णाटकमा आफ्नो रहेको उत्पादन युनिट बेच्न टाटा ग्रुपसँगै कुरा गरिरहेको छ । पछिल्लो महिना प्रकाशित एक रिपोर्टमा यो सम्झौता चार हजार करोडबाट पाँच हजार करोडको बीचमा हुनसक्ने बताइएको छ ।

यता बजारमा आईफोन १४ को माग बढेको छ । सार्वजनिक भएसँगै यसको माग उच्च रहेको बताइएको छ । चीनमा कोरोनाको कारण कडा प्रतिबन्ध लगाउँदा बजारमा यसको अभाव खट्किएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .