ad ad

कारोबार


दसैँमा नेपाली बजार : चिनियाँ स्याउको वर्चस्व तोड्दै भारतीय स्याउ

दसैँमा नेपाली बजार : चिनियाँ स्याउको वर्चस्व तोड्दै भारतीय स्याउ

नेपालखबर
असोज १६, २०७९ आइतबार १८:२, काठमाडौँ

हरेक वर्ष दसैँमा चिनियाँ स्याउको वर्चस्व हुने गरेकोमा यसपटक भारतीय स्याउ बढी भित्रिएको छ। 

उत्तरी नाका अवरोध हुँदा चिनियाँभन्दा भारतीय स्याउ बढी भित्रिएको हो। 

साउन र भदौमा चिनियाँभन्दा भारतीय स्याउको आयात दोब्बर बढी छ। २ महिनामा भारत र चीनबाट मात्रै स्याउ आयात भएको छ। 

चीनबाट ४५ करोड र भारतबाट ९५ करोड रुपैयाँको स्याउ आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ। साउन र भदौमा मात्रै १ अर्ब ४० करोड रुपैयाँको स्याउ आयात भएको हो। 

अघिल्लो वर्षको यही अवधिमा चिनियाँ स्याउ ८६ करोड र भारतबाट ४१ करोड रुपैयाँको भित्रिएको थियो। 

साउनदेखि भदौ अन्तिमसम्म मात्रै डेढ अर्ब बढी रुपैयाँको स्याउ भित्रिएको छ। नेपालमा वार्षिक ७ अर्ब रुपैयाँको स्याउ भित्रिने गरेको छ। 

आर्थिक वर्ष २०७८/०७९ मा ७ अर्ब १५ करोड रुपैयाँको स्याउ भित्रिएको थियो। १ वर्षमा ८ करोड ६७ लाख किलो स्याउ आयात भएको छ। 

अघिल्लो वर्ष नेपाली बजारमा चिनियाँ स्याउको एकलौटी बजार रहँदा अहिले भारतीय स्याउको आयात बढ्नथालेको देखिएको छ। जसमा गत आवमा ५ अर्ब ९८ करोड रुपैयाँको स्याउ चीनबाट आयात हुँदा १ अर्ब १६ करोड रुपैयाँको मात्रै भारतबाट स्याउ आयात भएको थियो।   

त्यस्तै अमेरिकाबाट ४४ लाख रुपैयाँको आयात भएको छ भने टर्कीबाट ४ करोड १७ लाख रुपैयाँको आयात भएको छ।  

आर्थिक वर्ष २०७७/०७८ मा पनि चिनियाँ स्याउले नै बजार हिस्सा ओगटेको थियो। उक्त वर्ष ५ अर्ब ८२ करोड रुपैयाँको आयात चीन र १ अर्ब २१ करोड रुपैयाँको स्याउ भारतबाट भित्रिएको थियो। अमेरिकाबाट १ करोड २१ लाखको स्याउ आयात भएको थियो। 

कोभिड महामारीको कारण २०७६/०७७ मा स्याउको आयात नै घटेको थियो। ४ अर्ब ६० करोडको स्याउ आयात हुँदा ३ अर्ब २२ करोडको चीनबाट र १ अर्ब ३६ करोड भारतबाट भित्रिएको थियो। 

नेपालमा मनाङ, मुस्ताङ, जुम्लासहित हिमाली जिल्लामा स्याउ उत्पादन हुने गरे पनि व्यवस्थित रुपमा बजारमा आउनसकेको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .