ad ad

कारोबार


सार्वजनिक ऋण व्यवस्थापन विधेयक प्रतिनिधिसभाबाट पारित

सार्वजनिक ऋण व्यवस्थापन विधेयक प्रतिनिधिसभाबाट पारित

फाइल तस्बिर


नेपालखबर
साउन ३१, २०७९ मंगलबार १४:१७, काठमाडौँ

सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ प्रतिनिधिसभाबाट पारित भएको छ। 

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले निर्णयार्थ पेश गरेको विधेयक बहुमतले पारित भएको हो। 

यसअघि साउन २९ गते आइतबार गणपूरक संख्या नपुगेकाले प्रतिनिधिसभाबाट सो विधेयक अगाडि बढ्नसकेको थिएन।

सार्वजनिक वित्त व्यवस्थापन गर्न र वित्तिय तथा मौद्रिक नीतिबीच सामञ्जस्यता कायम गर्दै आन्तरिक तथा बाह्य ऋणको व्यवस्थापन गर्न ऋण तथा जमानतसम्बन्धी कानुनी व्यवस्थालाई संशोधन र एकीकरण गरी समयानुकूल बनाउन सो विधेयक ल्याइएको थियो। 

सभामुख अग्नीप्रसाद सापकोटाले सो विधेयक प्रमाणित हुने वित्तिकै लागू हुने जानकारी समेत दिनु भयो । अव यो विधेयक राष्ट्रियसभामा जानेछ । र, त्यहाँबाट पारित भई राष्ट्रपतिबाट प्रमाणिकरण भएपछि कानुनको रुपमा लागू हुनेछ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .