कारोबार


घरजग्गा कारोबारमा कडाइ, लिखत रजिस्ट्रेसन पारित गर्दा १० लाखभन्दा बढीको कारोबार अनिवार्य बैंकबाट

घरजग्गा कारोबारमा कडाइ, लिखत रजिस्ट्रेसन पारित गर्दा १० लाखभन्दा बढीको कारोबार अनिवार्य बैंकबाट

नेपालखबर
असार २४, २०८३ बुधबार १७:१३, काठमाडौँ

साउन १ गतेदेखि जग्गाको लिखत रजिस्ट्रेसन पारित गर्दा १० लाख रुपैयाँ वा सोभन्दा बढी रकमको आर्थिक कारोबार अनिवार्य बैंकिङ वा विद्युतीय भुक्तानी प्रणालीमार्फत गर्नुपर्ने भएको छ।

भूमि प्रशासनसम्बन्धी प्रचलित कानुनी व्यवस्था तथा सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी लागू निर्देशिका बमोजिम आगामी आर्थिक वर्ष २०८३/८४ देखि उक्त रकमभन्दा बढीको कारोबारमा अनिवार्य बैंकिङ वा विद्युतीय भुक्तानी प्रणालीमार्फत गर्नुपर्ने भएको हो।

यस्तै, लिखत रजिस्ट्रेसन पारित गर्दा पान नम्बरसहित क्रेता र विक्रेताबीच भएको रकम भुक्तानी पुष्टि हुने आवश्यक प्रमाण पेस गर्नुपर्नेछ। भुक्तानी पुष्टि हुने प्रमाणका रूपमा बैंक स्टेटमेन्ट, बैंक ट्रान्सफर (फन्ड ट्रान्सफर), आरटीजीएस, कनेक्ट आइपीएस, मोबाइल/इन्टरनेट बैंकिङको कारोबार विवरण, बैंकबाट क्लियर भएको चेकको प्रमाण वा प्रचलित कानुन बमोजिम मान्य अन्य बैंकिङ प्रमाण पेस गर्नुपर्नेछ। 

केवल साधारण चेक जारी गरिएको प्रमाण मात्रलाई भुक्तानी भएको अन्तिम प्रमाण नमान्ने भूमि प्रशासन कार्यालय (साविकका मालपोत कार्यालय) स्पष्ट पारेका छन्। आवश्यकताअनुसार रकम वास्तविक रूपमा भुक्तानी भएको पुष्टि हुने बैंकिङ प्रमाण पेस गर्नुपर्ने भएको छ। 
अनि मात्रै भूमि प्रशासन कार्यालयले पेस गरिएका कागजात तथा प्रमाणहरूको परीक्षण गरी प्रचलित कानुन बमोजिम लिखत रजिस्ट्रेसनको प्रक्रिया अगाडि बढाउने छ। 

सबै सेवाग्राहीहरूलाई आर्थिक वर्ष २०८३/०८४ देखि जग्गा खरिदबिक्रीसम्बन्धी आर्थिक कारोबार प्रचलित कानुनी व्यवस्था बमोजिम बैंकिङ प्रणालीमार्फत गरी आवश्यक प्रमाणसहित भूमि प्रशासन कार्यालयमा उपस्थित हुन अनुरोध गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad