कारोबार


चिया बेचेर छोराछोरीलाई स्नातकोत्तर

चिया बेचेर छोराछोरीलाई स्नातकोत्तर

नेपालखबर
पुस १४, २०८१ आइतबार १०:१४, खोटाङ

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी ४७ वर्षीया विरस तामाङले चिया बिक्री गर्न थालेको २७ वर्ष पूरा भयो। मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी सडकखण्डको नुनथलाडाँडामा चिया पसल स्थापना गरेर २०५४ सालदेखि चिया बेच्न थालेकी उनले अहिले खर्च कटाएर मासिक रु ५० हजारभन्दा बढी बचत गर्दै आएकी छन्।

समुद्री सतहबाट एक हजार आठ सय २३ मिटर उचाइमा पर्ने नुनथलाको चिसो सिरेटोमा अगेना नजिकै बसेर चियाको चुस्की तान्नेहरूको भीड हरेक दिन बिहानदेखि बेलुका अबेरसम्म लाग्छ । विरसको आफ्नै नामबाट सञ्चालन गरिएको ‘विरस होटल एण्ड लज’मा चिसासँगै खाजाको रुपमा दूधको छाली र चिउरा खानेको उत्तिकै घुइँचो लाग्छ।

विरसको होटलमा चिया तथा छालीका लागि दैनिक २५ करुवा दूध खपत हुने गरेको छ । चिया तथा छालीका लागि नुनथलाकै विभिन्न टोलका किसानको घरबाट प्रतिकुरुवा रु ४० मा दूध खरिद गर्ने गरिएको विरसले बताइन्। उनले भनिन्, ‘काठमाडौँ तथा तराईका विभिन्न जिल्ला जाने यात्रु यहाँ चिया खान पस्नुहुन्छ।’

मध्यपहाडी लोकमार्गमा पर्ने नुनथला पर्यटकीय क्षेत्र हो। यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर होटल तथा चिया पसल सञ्चालन गरिएको हो। तीन सन्तानकी आमा विरसलाई उनका श्रीमान् मानसिं तामाङले सहयोग गर्दै आएकी छन्। सुरुमा खाना तथा खाजा बिक्री गर्दै आउनुभएकी विरसले पछिल्लो समय चिया र छाली चिउरामात्र बिक्री गर्दै आउनुभएको छ । छाली र चिउरा प्रति बटुका रु एक सयमा बिक्री गर्ने गरिएको छ।

विरसले एक छोरा र दुई छोरीको शिक्षादीक्षा तथा पालनपोषण चिया बिक्री गरेर आएको रकमले धानेकी छन् । एउटा छोरीले स्नातकोत्तर उत्तीर्ण गरेकी छन् छ भने अर्की छोरीले स्नातक तथा छोराले कक्षा १२ उत्तीर्ण गरेकी छन् । तीनैजना अहिले अध्ययनकै सिलसिलमा जापानमा छन्। तीनै छोराछोरीको पढाइको खर्च बेहोर्न विरसले चिया बिक्री गर्दैआएकी छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad