समाज


बागलुङको बुर्तिवाङमा ५० शय्याको अस्पताल

बागलुङको बुर्तिवाङमा ५० शय्याको अस्पताल

नेपालखबर
पुस १४, २०८१ आइतबार १०:३३, बागलुङ

बागलुङको ढोरपाटन नगरपालिका-१ बुर्तिवाङमा शुक्रबारदेखि ५० शय्याको अस्पताल सञ्चालनमा आएको छ। 

यो अस्पतालबाट निसीखोला, तमानखोला र बडिगाड गाउँपालिकाका स्थानीय प्रत्यक्ष लाभान्वित हुनेछन्। 

गण्डकी प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले शुक्रबार अस्पतालका् सेवा प्रारम्भ गरेका छन्। त्यसक्रममा उनले पचास शय्याको अस्पतालमा स्तरोन्नतिपछि जनशक्ति व्यवस्थापनको कामलाई अगाडि बढाइएको जानकारी दिए। 

विसं २०२१ मा दुई कोठाबाट  स्थापना भएको स्वास्थ्य संस्था ६० वर्षपछि अस्पताल बनेको हो। विसं २०६४ मा जिल्ला अस्पतालमा स्तरोन्नति गर्न रु ३२ करोड लागतमा भौतिक पूर्वाधार निर्माण प्रारम्भ भएको थियो। 

गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शय्याको प्रादेशिक अस्पतालका रूपमा सञ्चालन गरिने उल्लेख थियो। अस्पतालमा  पूर्वाधार, उपकरण तथा जनशक्ति व्यवस्थापनका लागि रु १२ करोड विनियोजन गरिएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad