ad ad

कारोबार


कासाद्वारा रेड कार्पेट इभेन्ट ‘काठमाडौं फ्यासन गाला’ आयोजना

सगरमाथामा तेस्रो पटक ‘द एभरेष्ट शो’ गर्दै
कासाद्वारा रेड कार्पेट इभेन्ट ‘काठमाडौं फ्यासन गाला’ आयोजना

नेपालखबर
मंसिर ११, २०७९ आइतबार १२:१७, काठमाडौँ

नेपाली कपडा ब्रान्ड ‘कासा’ले सर्वोच्च शिखर सगरमाथामा ‘द एभरेष्ट शो’ आयोजना गर्ने भएको छ। 

आफ्नो पाँचौ वार्षिकोत्सवको अवसरमा शनिबार कासाका सञ्चालक डा. पंकज गुप्ताले उक्त घोषणा गरेका हुन्। यसअघि पनि पहिलो पटक ‘कासा’ले कालापत्थरमा र दोस्रो पटक सगरमाथाको ५५०० मिटर उचाइमा पर्ने ‘गोक्यो’ मा फेशन शो आयोजना गरी विश्व रेकर्ड बनाइसकेको छ।

‘द एभरेष्ट शो’ मार्फत तेस्रो विश्व रेकर्ड बनाउन उक्त कार्यक्रम आयोजना गर्न लागिएको गुप्ताले जानकारी दिए।  

वार्षिकोत्सवकै अवसरमा ‘कासा’ले शनिबार साँझ रेड कार्पेट इभेन्ट ‘काठमाडौं फ्यासन गाला’ (फेशन शो) आयोजना ग¥यो। कासाले यस पटक वार्षिकोत्सव फरक ढंगले मनाउने क्रममा यो इभेन्ट आयोजना गरेको हो। रेड कार्पेट इभेन्ट नेपालमा पहिलो पटक आयोजना भएको सञ्चालक गुप्ताले बताए।  

कार्यक्रममा महत्वपूर्ण व्यक्तित्वहरु बीबीसी मास्टर सेफ सन्तोष शाह, मिस नेपाल, नायक, नायिका, गायक, गायिकालगायतका कलाकार, फेसन डिजाइनर, मेकअप आर्टिष्टसहित चर्चित व्यक्तिहरुको उपस्थिति रहेको थियो।

कासाकी सञ्चालिका रमिला नेमकुल भनिन्, ‘यो रेड कार्पेट इन्भेट हामीले नेपालमा पहिलो पटक आयोजना गरेका हौं। फेसन ग्लामर मात्रै होइन्। यो विजनेश पनि हो। फेसन उद्योग विश्वकै दोस्रो ठूलो उद्योग पनि हो। तर नेपालमा यस उद्योगको खासै विकास हुन् नसकेको अवस्थामा हामीले ‘काठमाडौं फ्यासन गाला’ आयोजना गरेका हौं। यस किसिमको कार्यक्रमले फेसन डिजाइनिङ क्षेत्र र यससँग सम्वन्धी अन्य क्षेत्रका सबै व्यक्तिहरुलाई एकआपसमा भेटघाट र चिनजान गर्ने अवसर पनि प्रदान गर्छ।’

रेड कार्पेट इभेन्टमा १४ जना सेलिब्रेटी तथा मिस नेपाल वल्र्ड, डाक्टर, मिस युनिभर्स नेपाललगायतका पर्सनालिटिले ‘वाक’ गरेका थिए। कार्यक्रमको प्रायोजक दराज र बावर्ची हुन्। 

चार वर्षअघि स्थापना भएको कासा ब्राण्ड विश्वका थुप्रै मुलुकमा निर्यात हुँदै आएको छ। ‘कासा’को मुख्य शाखा पाटनढोकामा रहेको छ भने नयाँ आउटलेट दरबारमार्ग र गैरीधारामा पनि सञ्चालनमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .