नेपाली फिल्म ‘तिम्रो मेरो साथ’को टिजर सार्वजनिक भएको छ। सार्वजनिक टिजरमा साम्राज्ञी शाह र पुष्प खड्काको प्रेम र बदलाको कथा छ। फिल्ममा यी दुईले शीर्षले भूमिका निर्वाह गरेका छन्।
रमेश एमके पौडेलको लगानीमा बन्न लागेको यो फिल्ममार्फत साम्राज्ञी र पुष्पले दोस्रोपटक स्क्रिन सेयर गर्न लागेका हुन्। उनीहरुले पहिलोपटक नवल नेपालको ‘मारुनी’मा सहकार्य गरेका थिए।
फिल्म ‘तिम्रो मेरो साथ’लाई निर्माता पौडेलले नै निर्देशन गरेका छन्। उनको यो डेब्यु निर्देशन हो।
फिल्ममा पुष्प र साम्राज्ञीका साथमा सरोज खनाल, सन्दीप क्षेत्री, एमिली लामा, दिपिशा केसी, खड्गबहादुर पुन लगायतका कलाकारले अभिनय गरेका छन्। फिल्मको पटकथा सविर श्रेष्ठले लेखेका हुन्।
यो फिल्म आगामी पुस २९ गतेदेखि प्रदर्शनको तयारीमा छ।
हेर्नुहोस् टिजर
मंसिर ११, २०७९, आइतबार
प्रतिक्रिया