ad ad

कारोबार


क्लब टेनएक्सको पहिलो वार्षिकी, दुई रात निःशुल्क प्रवेश

क्लब टेनएक्सको पहिलो वार्षिकी, दुई रात निःशुल्क प्रवेश

नेपालखबर
असोज २७, २०७९ बिहिबार १५:५१, काठमाडौँ

ठमेलस्थित क्लब ‘टेनएक्स’ले पहिलो वार्षिकी भव्यताका साथ मनाउने तयारी गरेको छ। 

यही अक्टोबर १६ र १७ तारिख अर्थात् असोज ३१ र कातिक १ गते दुई रात विशेष कार्यक्रमबीच वार्षिकी मनाउन लागेको क्लबले जनाएको छ। 

उक्त द्ुई दिन रातलाई विशेष बनाउन नेपालका ख्यातिप्राप्त डिजे तथा गायक÷गायिकाहरुले प्रस्तुति दिनेछन्। रातको समयमा मनाउन लागिएको वार्षिकोत्सवलाई भव्य र सभ्य बनाइने क्लबका सीईओ पौरख मर्दन बस्न्यातले बताए। 

उनका अनुसार त्यस रात अर्थात् अक्टोवर १६ मा गायक अनिल सिंह, कालीप्रसाद बास्कोटा, एकदेव लिम्बू र डीजे ओलारुसलगायतले ग्राहक तथा अतिथिहरुलाई म्युजिकमा झुमाउनेछन्। 

सुशील नेपालले होस्ट गर्ने उक्त विशेष कार्यक्रममा फेसन कोरियोग्राफर तथा मोडल प्रशान्त ताम्राकारलगायतका चर्चित सेलिब्रेटीहरुको पनि उपस्थिति रहने क्लवले जनाएको छ। 

एक वर्षअघि ठमेलको जिस्ट्रिटमा सञ्चालनमा आएको क्लव टेनएक्सले ‘स्टेट अफ द आर्ट क्लबिङ’को अनुभव प्रस्तुत गर्दै आएको बताउँदै सीईओ बस्न्यात भन्छन्, ‘पहिलो वार्षिकी मनाउन पाइरहँदा खुसी लागेको छ। हामी टेन एक्सलाई नेपालकै उत्कृष्ट क्लवहरुमध्ये एक बनाउने प्रयासमा छौँ।’ 

क्लव टेनएक्समा हरेकरात डीजे सिजन, डीजे निहान र डीजे आइजेनले यु्वायवती एवं क्लवप्रेमीहरुलाई नचाउँदै आएका छन्। उनीहरु इनहाउस डिजेहरु हुन्। उक्त दिन पनि उनीहरुको आफ्नो प्रस्तुति दिनेछन्।

क्लबका सीईओ बस्न्यात भन्छन्, ‘एक वर्षको अवधिमा हामीले पार्टीको चाहना राख्नेहरुको इच्छा पूरा गर्दै आएका छौँ।’ उनका अनुसार चारजना साथीहरु मिलेर सञ्चालनमा ल्याइएको क्लवमा हाल ७५ जना कर्मचारी छन्।

‘अक्टोबर १६ हाम्रो पहिलो वार्षिकोत्सवको हो। यस अवसरमा द्ुईरात ग्राहकका लागि यादगर बनाउन चाहन्छौँ’ सिईओ बस्न्यात भन्छन्, ‘हामीले यसअघि थुप्रै प्रसिद्ध कलाकारहरूसँग सहकार्य गरेका छौं।’ 

अक्टोवर १६ र १७ मा प्रवेश शुल्क नलिने क्वलले जनाएको छ। साथै सबै ग्राहकलाई ती दुई दिनका लागि २० प्रतिशत छुट प्रदान गर्ने क्लवले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .