गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले बिहीबार दिउँसो गृह मन्त्रालयमा शिष्टाचार भेटघाट गरेका छन्।
भेटमा नेपाल–भारत बीचको आपसी सम्बन्ध र सहयोग आदान–प्रदानबारे छलफल भएको गृह मन्त्रालयले जनाएको छ।
भारतीय राजदूत श्रीवास्तवले भेटमा आगामी मंसिर ४ गते निर्धारित प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न गर्न नेपाल सरकार र गृहमन्त्री खाँणलाई शुभकामना दिएका थिए।
गृहमन्त्री खाँणले सरकार निष्पक्ष, भयरहित र स्वतन्त्रतापूर्वक शान्तिपूर्ण तरिकाले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्पन्न गर्न लागिरहेको बताए।
गृहमन्त्री खाँणले नेपाल र भारतबीच सदियौँदेखि नागरिकस्तरमा सम्बन्ध रहेकाले त्यो सम्बन्ध अझ दिगो हुने विश्वास व्यक्त गरे।
गृहमन्त्री खाणसँग यसअघि नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार बिदाइ भेट गरेकी थिइन्।
Shares
प्रतिक्रिया