कारोबार


पूर्वपर्यटनमन्त्री प्रेम आलेले कैलाली ५ बाट दर्ता गराए उम्मेदवारी

पूर्वपर्यटनमन्त्री प्रेम आलेले कैलाली ५ बाट दर्ता गराए उम्मेदवारी

नेपालखबर
माघ ६, २०८२ मंगलबार १६:१८, काठमाडौँ

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आज आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।

उनले कैलाली जिल्ला निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका हुन्।

निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएपछि पूर्वमन्त्री आलेले सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै कैलाली जिल्लाको समग्र विकास आफ्नो प्रमुख प्राथमिकता हुने बताए।

उनले विशेष गरी गेटामा रहेको धनगढी विमानस्थल, सेती प्रादेशिक अस्पताल लगायतका महत्वपूर्ण पूर्वाधार परियोजनाको विकास र स्तरोन्नतिमा आफू सक्रिय रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गरे।

पूर्वमन्त्री आलेले आफू संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रहेको समयमा गेटा विमानस्थलको स्तरोन्नतिका लागि बजेट विनियोजन गरिएको उनको भनाइ थियो। आफू मन्त्री पदबाट हटेपछि उक्त बजेट अन्यत्र रकमान्तर गरिँदा विमानस्थलको काम अघि बढ्न नसकेको उनले बताए।

उम्मेदवार आलेले यस पटकको प्रतिनिधि सभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर ५ का मतदाताले आफूलाई अत्यधिक मत दिएर विजयी गराउने विश्वास व्यक्त गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad