राजनीति


प्रदीप पौडेलबाहेक काठमाडौँमा कांग्रेसका सबै नयाँ अनुहार

प्रदीप पौडेलबाहेक काठमाडौँमा कांग्रेसका सबै नयाँ अनुहार

नेपालखबर
माघ ६, २०८२ मंगलबार १६:२२, काठमाडौँ

नेपाली कांग्रेसले काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ। 

कांग्रेस संसदीय बोर्डले काठमाडौँका १० वटै निर्वाचन क्षेत्रको उम्मेदवार टुंग्याएको हो। काठमाडौँ-१ मा कांग्रेस महासमिति सदस्य प्रवल थापाले टिकट पाउँदा काठमाडौँ-२ मा नेता कविर शर्मा उम्मेदवार बनेका छन्। 

यस्तै, काठमाडौँ-३ मा रमेश अर्याल उम्मेदवार बन्दा काठमाडौँ-४ मा युवा नेता सचिन तिमल्सिनाले टिकट पाएका छन्। कांग्रेसले काठमाडौँ-५ मा प्रदीप पौडेललाई नै टिकट दिएको छ भने काठमाडौँ-६ मा जिल्ला सभापति कृष्ण सबुज बानियाँ उम्मेदवार बनेका छन्।

काठमाडौँ-७ मा प्रमोदहरि गुरागाईंले टिकट पाउँदा काठमाडौँ-८ मा सपना राजभण्डारीलाई टिकट दिइएको छ। पूर्व मन्त्री नविन्द्रराज जोशीकी पत्नी राजभण्डारी यसअघि समानुपातिक सांसद थिइन्।

काठमाडौँ-९ मा केन्द्रीय सदस्य नानु बस्तोला चुनाव उड्दा काठमाडौँ-१० मा हिमाल कार्की उम्मेदवार बनेका छन्। कांग्रेसले प्रदीप पौडेल बाहेकलाई पहिलो पटक चुनावी मैदानमा उतारेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad